भिरबाट लडेर एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Nov 09 | 08:40 am 1685

बैतडी, कात्तिक २३ः घर छाउने खर काट्ने क्रममा बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर रहेकी प्रहरीले जनाएको छ ।

घर नजिकैको गोठाखोला भिरमा खर काटिरहेका बेला कुँवर लडेकी थिइन् । उनको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.