भिमफेदी कारागारबाट एक कैदी फरार

रिपोर्ट नेपाल | 2019 Nov 17 | 10:42 am 3250

मकवानपुर, मंसिर १:  गएराति भिमफेदी कारागारबाट एक कैदी फरार भएका छन् । फरार हुनेमा कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भोगिरहेका ३० वर्षीय कुलदीप राज धामी रहेको कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिए ।

प्रमुख खनालका अनुसार कारागार वरीपरी १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै अनुसन्धान भइरहेको बताए ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

पर्खालको भागमा सानो खाली ठाउँ रहेको र त्यहाँ तारले बेरिएको थियो । त्यहाँको तार तानिएकाले त्यहीँबाट भागेको हुन सक्ने अनुमान गरिएको एसपी सिंहले बताए।

धामीको खोजीका लागि उनको स्थाथी घर चितवन र पुरानो ठेगाना सुनसरीमासमेत अलर्ट गरिएको प्रमुख जेलर खनालले जनाए ।

कारागारमा रहेका कैदीहरुको आन्तरिक प्रशासनले राति पौने १० बजे कैदी फरार भएको थाहा पाएको थियो । त्यसपछि नै तत्काल खोजी कार्य अघि बढाइएको बताइएको छ ।

उनी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल सजाय तोकिए पश्चात् पाँच वर्षदेखि सजाय भोगिरहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.