भाेजपुरमा २२ महिने छाेराकाे आफ्नै आमाले गरे निर्मम हत्या

रिपोर्ट नेपाल | 2019 May 28 | 11:14 am 2654

भोजपुर, जेठ १४: सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले निर्मम हत्या गरेकी छन् । रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी  २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले अचानोमा राखेर घाँटी छिनाएर हत्या गरेकी हुन् । सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो ।

बालकका बाबु सूर्यबहादुर थापा भने लघुवित्त कम्पनीमा काम गर्ने हुनाले कार्यालयको कामले सदरमुकाम बाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए । प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सम्झना आफ्नै भिनाजु  रमन राईको घरको माथिल्लो तल्लामा कोठा भाडामा बस्दै आएकी थिइन् । उनले  खुकुरी प्रहार गरी छोराको हत्या गरेकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.