भालुको पित्तसहित मनबहादुर पक्राउ

| 2022 Feb 11 | 03:46 pm 1857

काठमाडौं, माघ २८ः संरक्षित वन्यजन्तु भालुको पित्तसहित काठमाडौंको टोखाबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाँउपालिका-८ खिन्चोक बस्ने वर्ष ३५ को मनबहादुर सिलुवाल क्षेत्री रहेका छन् ।

उनको साथबाट भालुको २४० ग्राम पित्त बरामद भएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा टोखा नगरपालिका-९ आनन्द टोल नजिकबाट उनलाई पक्राउ गरेको हो ।

उक्त आखेटोपहारसहित क्षेत्रीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.