भालुको पित्तसहित चार जना पक्राउ

| 2021 Dec 10 | 04:53 pm 1761

काठमाडाैं, मंसिर २४ः संरक्षित वन्यजन्तु भालुको पित्तसहित चार जनालाई केन्दीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पाल्पा माथागढी गा.पा. ५ सत्यवती बस्ने बर्ष २० का विशाल सुनारी, पश्चिम रुकुम मुसीकोट न. पा. वडा नं. – १० खड्काटोल बस्ने बर्ष ४६ का हरि बहादुर खड्का, पाल्पा तानसेन नगरपालिका वडा न.१० गाबुडाँडा बस्ने बर्ष ३२ का टोप बहादुर राना र रौतहट चन्द्र निगाहापुर नगरपालिका ५ मंगलपुर दोभानटोल बस्ने बर्ष २९ काधन बहादुर विश्वकर्मा रहेका छन्।

केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि खटि गएको प्रहरी टोलीले काठमाडाैं महानगरपालिका वडा नं. १५ चमती क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने वस्तु थान-१ (एक) अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा पक्राउ गरेकाे हाे ।

वरामद वस्तु सहित आवश्यक कानूनी कारवाहीको लागि उनीलाई डिभिजन वन कार्यालय, हात्तीसार, काठमाण्डौंमा पठाईएको ब्यूराेले जानकारी दिएकाे  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.