भारतीय प्रधानमन्त्री माेदी पनि अब चौकीदार !

रिपोर्ट नेपाल | 2019 Mar 17 | 04:01 pm 1425

झुप्राकाठमाडौं, चैत  ३ :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नामको अगाडि चौकीदार उपनाम थपेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले नामका अघि चौकीदार राखेका हुन् ।

मोदीसँगै बीजेपी अध्यक्ष अमित शाह, रेल मन्त्री पीयूष गोयल लगायतका अन्य नेताहरुले पनि आफ्नो नामको पछाडि चौकिदार लेखेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री मोदीले शनिबारबाट ‘मैं भी चौकीदार’ अभियान समेत सुरु गरेका छन् ।

untitled_031719120950.png

मोदी आफूलाई देशको प्रधानमन्त्री नभई प्रधान चौकीदार भएको बताएका छन् । प्रमुख प्रतिपक्षी कंग्रेसका अध्यक्ष राहुल गान्धीले केही साताअघि त्यसलाई लक्षित गर्दै ‘चौकीदार चोर हो’ भनेका थिए ।

गान्धीको त्यही भनाइको जवाफमा मोदीसहित भारतीय जनता पार्टीका अधिकांश नेताले नामका अघि चौकीदार राखेका छन् । भाजपाको चुनावलक्षित ‘म पनि चौकीदार अभियान’ मार्च ३१ देखि शुरू हुँदैछ । भारतमा लोकसभाका लागि अप्रिल ११ देखि चुनाव हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.