भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र लोकेश राहुलले मागे माफी

रिपोर्ट नेपाल | 2019 Jan 15 | 08:06 am 2075

काठमाडौं, माघ १ : एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण कारबाहीमा परेका भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र लोकेश राहुलले माफी मागेका छन् ।

करन वीथ कफी कार्यक्रममा दिएको अभिव्यक्तिले भारतमा चर्को विरोध भएको थियो । अष्ट्रेलिया सिरिजको बीचमै फिर्ता बोलाइएका पाण्ड्या र राहुलले साेमबार बीसीसीआईमा पुगेर विना शर्त माफी मागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीसीसीआईका प्रशासकीय प्रमुख विनोद रायले उनीहरुको करियर बर्वाद गर्न नहुनेमा जोड दिएका छन् ।उनीहरुले माफी मागेपछि बीसीसीआईले थप प्रक्रिया अघि बढाउन विशेष बैठक बोलाउन पनि माग गरिएको छ । बीसीआईले यसघटनालाई किनारा लगाउँदै निश्चित कारवाही पछि मैदान उत्रन दिने तयारी पनि गरेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.