भारतले दुई वटा रेल दिने सम्झौतामा हस्ताक्षर

रिपोर्ट नेपाल | 2019 May 11 | 06:13 am 2174

काठमाडाैं, बैशाख २८ : नेपाललाई भारत सरकारले दुई वटा रेल दिने भएकाे छ । शुक्रबार नेपाल रेलवे र भारतीय कोङ्कोण कम्पनीबीच भएकाे सम्झाैताअनुसार नेपाललाई रेल दिने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मन्जिभ सिंह पूरीको उपस्थितिमा सम्झाैता पत्रमा हस्ताक्षर भएको हो । जनकपुर जयनगर रेलमार्गमा प्रयोग हुने रेल भारतले यसअघि नै दिने सहमति भएकाे थियो ।

भारतीय रेलवे मन्त्रालयअन्तर्गतको कोङ्काेण रेल्वे कर्पोरेसनले दुई वटा डिब्बा दिने भएको भारतीय दूतावासका प्रवक्ता अभिशेष दुबेले जानकारी दिए । १६ सय एचपी डिइयमयू रेल तत्काल कुर्थादेखि बिहारको जयनगरसम्म ३४ किलोमिटर दुरीमा चल्नेछ । दुबेका अनुसार हरेक रेलमा एउटा ड्राइभिङ्ग पवर कार, तीन वटा एसीसहित ट्रेलर कार हुनेछ । रेलका डिब्बा चेन्नेईस्थित इन्ट्रिगेटेड कोच फ्याक्ट्रीमा बनेकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.