भारतले गर्‍यो नयाँ क्षेप्यास्त्र परिक्षण

रिपोर्ट नेपाल | 2018 Dec 24 | 10:10 am 1803

नयाँदिल्ली, पुस ९ : भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।

अग्‍नी –चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ।

क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन् । अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो। आफ्नो उद्देश्यमा सफल हुने पुष्टी भएकाले यसको परिक्षण पूर्ण रुपमा सफल भएको जानकारी दिइएको छ।

भारतीय सेनाले क्षेप्यास्त्रको परिक्षण गरेको हो। भारतमा यसअघि अग्‍नी—एक, अग्नी—दुई, अग्नी—तीन र पृथ्वी परीक्षण गरिसकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.