भारतमा मोदीविरुद्ध सबै विपक्षी एकै ठाउँमा!

रिपोर्ट नेपाल | 2019 Jan 19 | 01:33 pm 1960

एजेन्सी, माघ ५ :  भारतमा प्रमुख सत्तारुढ भारतीय जनता पार्टी विरुद्ध सबै विपक्षी दल एकठाउँ उभिएका छन्। शनिबार कोलकातामा ४१ वर्षपछि सबै विपक्षी एक ठाउँमा उभिन लागेका हुन्।

यसअघि सन् १९७७ मा ज्योति बसुले कोलकाताबाटै कांग्रेसविरुद्ध विशाल प्रदर्शनको नेतृत्व गरेका थिए। भारतीय जनता पार्टीविरुद्ध शनिबार संयुक्त लडाइँको संकल्प स्वरुप विपक्षीले प्रदर्शनको तयारी गरेका हुन। ठाउँ ठाउँबाट र्‍यालीसहित आयोजना हुने संयुक्तसभालाई विपक्ष दलका शीर्षनेताले सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यसैवर्ष हुने लोकसभा चुनाव जित्नका लागि विपक्षी २० दलको अगुवाई पश्चिम बंगालकी मुख्यमन्त्री ममत बनर्जीले गरेकी छन्। भारतको प्रमुख विपक्षी कांग्रेस सहित जेडीएस, एनसीपी, आरजेडी, एसपी, बिएसपी, टिडीपी, आम आद्मीलगायत दलका शीर्ष नेताले कोलकाताको बिग्रेड मैदानमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मोर्चाबन्दीको घोषणा गर्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.