भारतको बिहारकै शैलिमा मधेसी, दलित समुदायमाथि विभेद

रिपोर्ट नेपाल | 2020 Aug 12 | 11:20 pm 1947

  • महेश सिंह

सिरहा, साउन २८ः प्रदेश नम्बर २ का सरकार, संघीयसरकार, स्थानीय सरकार तथा सरोकारबाला मुख दर्शक भएको स्थानीयको आरोप रहेको छ ।

मधेशका जिल्लाहरूमा मधेसी दलितमाथि हत्या, हिंसा र उत्पीडनका घटना दिनानु दिन बढदै गएको छ । प्रदेश नम्बर २ का सरकार, संघीय सरकार, स्थानीय सरकार तथा सरोकारवलाहरु मुखदर्शक भएको आरोप दलित अगुवा संजय महरा रहेको छ ।

२०५६ सालको भारतको बिहार कै शैलिमा मधेसी दलित समुदायमाथि विभेद र हत्या, हिंसा भईरहे दलित अगुवा महराले बताए । मधेशका जिल्लाहरूमा मधेसी दलितमाथि हत्या, हिंसा र उत्पिडनका घटना दिनानु दिन बढिरहेको छ।

२०५६ सालको चमार (सिनो बहिष्कार) आन्दोलन सिरहाबाट सुरु भएको थियो । मधेस अन्दोलनको उद्गम स्थल सिरहा नै रहेको स्थानीयको भनाइ छ । मधेसी, दलित , आन्दोलन सिरहाबाट नै भएको हो । मधेसी दलितको आन्दोलन अब मधेस आन्दोलन भन्दा फरक किसिमको हुने महराले बताए ।

प्रदेश नम्बर १, २ र प्रदेश नम्बर ५ मधेसी दलितमाथि बलात्कार, हत्या हिंसाको हर्ट स्पोर्ट सेन्टर बनेको हो । प्रदेश नम्बर एकको मोरङ जिल्लामा राज्यद्वारा पछाडि पारिएको मधेसी दलित भित्र मुसहर सदा समुदायलाई संघातिक हमला हुने गरेको छ ।

कुटपिट, प्रदेश नम्बर पाँचको नवलपरासी अङगिरा पासिलाई बलात्कार गरी हत्या गरिएको हो । त्यसै गरी प्रदेश नम्बर दुईमा शम्भु सदाको हत्या लगायत ६ जना दलितको एक महिनामा हत्या र कुटपिट र जातीय विभेद भएको छ ।

कुनै पनि राजनैतिक दल र पुलिस प्रशासनले न्यायको लागि अग्रसरता नदेखिएको छ । किन भने जनावर जस्तै भारतमा दलितलाई गरिने व्यवहार नेपालको मधेसमा हुने गरेको छ ।

मधेसी दलित आन्दोलनमा नागरिक समाज, संचारकर्मि, र दलित शुभचिन्तक र दलित अगुवाहरूको सहयोग आवश्यक रहने छ । दलित जागरण केन्द्र नेपाल, गोलबजार सिरहाका सचिव संजय महराले चेतावनी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.