भारतको केन्द्रीय बैंकका गर्भनरद्वारा पदबाट राजीनामा

रिपोर्ट नेपाल | 2018 Dec 11 | 07:23 am 2007

नयाँदिल्ली, मंसिर २५ : भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंक (आरबीआई)का गर्भनर उर्जित पटेलले पदबाट राजीनामा दिएका छन्।

आरबीआईमा डेपुटी गर्भनर र गर्भनरका रुपमा ६ वर्षसम्म काम गरेका पटेलले सोमवार घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन्। उनको राजीनामा नरेन्द्र मोदी नेतृत्वको सरकार र आरबीआईबीच स्वायत्तताको विषयलाई लिएर टकराव चलिरहेको बेला आएको हो।

राजीनामा दिँदै पटेलले यतिका वर्ष आरबीआईमा काम गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए।

प्रधानमन्त्री मोदीले बैंकिङ्ग प्रणालीलाई अराजकताबाट बाहिर निकाल्दै अनुशासन सुनिश्चित गरेको भन्दै पटेललाई उत्कृष्ट अर्थशास्त्रीका रुपमा चित्रण गरेका छन्। पटेलकै नेतृत्वमा आरबीआईले वित्तीय स्थिरता कायम गरेको मोदीको भनाई छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.