भारतको आग्रामा दुर्घटनामा परी ३ नेपालीको मृत्यु, पाँच घाइते

| 2020 Nov 12 | 01:20 pm 3738

भारत, कात्तिक २७: बिहीबार भारतको आग्रामा भएको कार दुर्घटनामा ३ जना नेपालीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा २ जना पुरुष बाग्लुङ र एक जना महिला जनकपुरको रहेको बुझिएको छ। मृत्यु हुनेमा बाग्लुङका श्यामकुमार घर्ती र बिवश पुन मगर रहेका छन्। त्यसैगरी जनकपुरकी लक्ष्मी शर्माको पनि दुर्घटनामा ज्यान गएको छ।

दिल्लीबाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका उनीहरू दुर्घटनामा परेको जानकारी प्राप्त भएकाे हाे ।  घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ ।

आग्राबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।  अनियन्‍त्रित गतिका कारण दुर्घटना भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.