भारत ए टिमसँग नेपालका कप्तान राेहितकाे संयमित खेल प्रदर्शन

| 2023 Jul 17 | 04:14 pm 1929

काठमाडौं, साउन १ – एसीसी इमर्जिङ टिम्स एसिया कपमा क्रिकेटको महारथी भारतको ए टिमसँग नेपाल खेलिरहेको छ । नेपालले टस जितेर श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा ब्याटिङ्ग रोजेको हो । यो समाचार तयार गर्दा सम्म नेपालले २३ ओभरमा ५ विकेटको क्षतिमा ८८ रन मात्र बनाएर खेलिरहेको छ ।

नेपालका लागि ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य रनमा आउट भए । अहिले क्रिजमा रहेका कप्तान रोहित पौडेलले ३८ र सोमपाल कामी १३ रन बनाएका छन् । कप्तान राेहित पाैडेल र साेमपाल कामीकाे ५० रनकाे साझेदारीमा नेपालले केही स‌ंयमित खेल प्रदर्शन गरेकाे छ ।

समाचार तयार गर्दा गर्दै साेमपाल कामी आउट भएका छन भने गुलसन झा साताै‌ नम्बरमा व्याटिङ गर्न आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.