भागरथी भट्टका हत्या आरोपित आज सार्वजनिक

| 2021 Feb 17 | 03:48 pm 1797

काठमाडौं फागुन ५: बैतडीकी १७ बर्षीय किशोरी भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । बुधबार दिउँसो अभियुक्त दिनेश भट्टलाई जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताए ।

अभियुक्त भट्टविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने भएको छ । उनीविरुद्ध भागरथीका दाइले किटानी जाहेरीसमेत दिइसकेको प्रहरीले बताएको छ ।

भट्टले भागरथीको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्ट माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.