भाइद्वारा दाजुमाथि गोली प्रहार

रिपोर्ट नेपाल | 2019 May 17 | 07:33 am 3244

पर्सा, जेठ ३: बिहीबार साँझ ७ बजे जिराभवानी गाउँपालिका २ बलुवामा गोली चल्दा एकजना घाइते भएका छन् । घाइते हुनेमा ५५ वर्षीय फारुक सेख रहेका छन् ।

उनलाई आफ्नै भाइ सेख सराजुद्दिनले गोली हानेका थिए । उनको पिठ्युँमा गोली लागेको प्रहरीले जनाएको छ । दाजु भाइबीच घरायसी विवाद हुँदा दाजु सेखलाई भाइले गोली हानेका थिए । गोली लागेको सेखको अवस्था गम्भीर रहेको नारायणी अस्पतालले जनाएको छ ।

दाजुमाथि गोली प्रहार गर्ने भाइलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको साथबाट नल कटुवाल पेस्तोल एक थान, तीन राउण्ड गोली र एक थान गोलीको खोका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराज शर्माले जानकारी दिए ।

घाइते भएका सेखको नारायणी अस्पतालमा उपचार हुन नसपछि थप उपचारका लागि नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्ज पठाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.