भरूवा बन्दुकसहित एक तथा चोरीमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

| 2022 Sep 26 | 06:59 pm 1569

रोल्पा, असाेज १०ः  त्रिवेणी गाउँपालिका-२ घोगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रा सहित सोही गाउँपालिका-२ धनवाङ बस्ने २८ वर्षीय बिक्रम कुमार बोहोरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

कास्की, मादी गाँउपालिका-७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, २६  वर्षीय निरज तामाङ, सोही गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका-१० बस्ने ३४ वर्षीय खरजंग गुरुङ र लम्जुङ मध्यनेपाल नगरपालिका-८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका-१३ कसेरी बस्ने २३ वर्षीय रिदम भन्ने सुनिल परियार रहेका छन् ।

असोज ५ गते बिहान खानेपानी संस्थानको पाइपहरू चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग.१ त ५१३७ नम्बरको ट्याक्टरमा उक्त पाइपहरू लोड गरी मादी गाउँपालिका-५ तर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.