भरुवा बन्दुकसहित दुई युवक पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 10 | 07:07 pm 2186

सिन्धुली, असाेज २४ः अवैध भरूवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा  फिक्कल गाउँपालिका-६ डाडाटोलका २४ वर्षीय तिर्थ बहादुर तामाङ रहेका छन् ।

उनलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हाे । प्रहरी चौकी रत्नावतीबाट खटिएको प्रहरीले तिर्थ बहादुर तामाङको घरमा तलासी गर्दा घरको भर्‍याङको चेपमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारेको हाे ।

साथै थप अनुसन्धान गर्ने क्रममा उक्त भरुवा बन्दुक तिर्थ बहादुरका दाइ ३१ वर्षीय राज कुमार तामाङको भन्ने खुल्न आएपछि राज कुमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.