भरुवा बन्दुकसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 28 | 04:44 pm 2275

सिरहा,  साउन १२  : प्रहरीले फलामको भरुवा बन्दुक (लामो हतियार) सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ११ परचिलवाका १९ वर्षिय मनिष मण्डल र कल्याणपुर नगरपालिका ३ इटारी प्रसाहीका २४ वर्षीय मो जाकिर मंसुरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले बताए । प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पछ्याउँदै जादा मण्डल र मंसुरीलाई कल्याणपुर नगरपालिका ११ परचिलवावाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटर बीआर ३२ क्यू १३८० मा राखेको घुमफिर गर्दैगर्दा दुवैलाई पक्राउ गरिएको प्रवक्ता वोहराले बताए । दुवैलाई इलाका प्रहरी कार्र्यायल मिर्चैयामा राखेर थप अनुसंधान थालिएको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.