भरुवा बन्दुक सहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 02 | 05:52 pm 1433

डोटी, जेठ १९ः दिपायल सिलगडी नगरपालिका-६ हस्पिटल मोडबाट १ थान भरूवा बन्दुक सहित सोही ठाउँ बस्ने २७ वर्षीय डम्मर बोहरा लगायत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा केही मानिसहरुले मादक पदार्थ सेवन गरी हो हल्ला गर्नुका साथै बन्दुक समेत पड्काई रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटलको कोठाभित्र लुकाई राखेको उक्त बन्दुक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको   छ ।

अवैध लागूऔषध सहित पक्राउ

मोरङ, उर्लाबारी नगरपालिका-२ सिरुझार बस्ने २७ वर्षीय सोम तामाङलाई करिब १ केजी अवैध लागूऔषध गाँजा सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.