भरुवा बन्दुक सहित एक पक्राउ ‌

रिपोर्ट नेपाल | 2018 Sep 08 | 07:16 pm 3194

मकवानपुर,भदौ २३: थाहा नगरपालिका १ थानीगाउँ बस्ने २४ वर्षीय हनुमान भन्ने राजकुमार स्याङतानलाई १ थान अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

स्याङतानले घरमा घरेलु बन्दुक बनाई लुकाई राखेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घर नजिकै नास्पतीको रुखमुनी लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला परेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.