भरतपुरको एक फर्निचर उद्योगमा भीषण आगलागी

| 2020 Feb 08 | 11:43 am 1430

चितवन, माघ २५: भरतपुर महानगरपालिका–५ नारायणपुरमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

जीवन श्रेष्ठले सञ्चालन गरेको रोयल फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान करिब ४ः३० बजे विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

बिहानदेखि लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए ।

आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसँगै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, दियालो बङ्गला आँपटारी र कावासोतीको गरी पाँच वटा दमकलले काम गरिरहेको कोइरालाले जानकारी दिए ।

आगो नियन्त्रणमा आउन नसकेकाले क्षतिको विवरण आउन नसकेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.