भरतपुर कारागारमा एक कैदीको मृत्यु

| 2020 Feb 11 | 12:20 pm 1765

चितवन, माघ २८: मंगलबार भरतपुर कारागरमा कैद भोगिरहेक एक कैदीको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत सिदार्थनगरका ६२ वर्षीय जफर अहमद् रहेको कारागार प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिए।

लामो समयदेखि क्यान्सर पीडित रहेकाले जफरको मंगलबार राति साढे १२ बजे मृत्यु भएको बताइएको छ ।

उनलाई उपाचारका लागि काठमाडौंबाट भरतपुर ल्याइएको थियो। जफरलाई मानव बेचबिखनको आरोपमा १० वर्ष कैद र पाँच लाख सजाय तोकिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.