भन्सार छलेर नेपाल ल्याउँदै गरेकाे अवैध सामान बरामद

रिपोर्ट नेपाल | 2019 Feb 12 | 07:47 pm 2070

सिरहा, माघ २९  : सस्शत्र प्रहरी बल बेश क्याम्प कुशहाले सप्तरीको सुरुङ्गा नगरपालिका– ८ बाट भन्सार छली नेपाल भित्र्याइरहेको ३१ हजार मूल्य बराबरका भाँडाकुँडा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल बेशक्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक शिवशङ्कर खवासको नेतृत्वको खटिएको टोलीले दुई साइकलमा नेपाल भित्र्याइरहेका भाँडाकुँडा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सियाराम चौधरीले जानकारी दिए ।

बरामद गरिएको सामान भन्सार बुझाउने कार्य भइरहेको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.