भन्सार छलीका विविध समान र पटाका नियन्त्रणमा

| 2023 Nov 06 | 02:11 pm 1961

सर्लाही, कार्तिक २० । जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहत प्रहरी कार्यालयहरुले जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु नियन्त्रणमा लिएको छ ।

नजिकिदै गरेको दिपावली पर्वलाई लक्षित गरी अवैध तरिकाले ल्याइएका पटका लगायत  चिनी, हार्डवेयरको सामानहरु,  भाडा वर्तनहरु र ज ९ प ९७४३, विआर ३३ एन ७५७२ नं.को मोटरसाइकल गरी २ वटा सहित अन्दाजी १६ लाख ९७ हजार ६ सय २० बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सर्लाहीमा बुझाएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.