बारा, वैशाख ६: अवैध रुपमा भन्सार छलीगरी ल्याएका लाखौं मुल्य बराबरको विभिन्न समाग्री प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति र विभिन्न स्थानमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएका सामाग्री बरामद गरेको हो ।

करिब ८ लाख ३२ हजार बराबरको विभिन्न रेडिमेड कपडा ,कस्मेटिक माल समान, जुत्ता चप्पल, किराना समानहरू, हार्डवेयरका सामानहरू र उक्त मालसमान ओसारपसार गर्न प्रयोग गरिएका १२ थान मोटरसाईकलसमेत बरामद गरेको छ ।
बरामद भएका मालसमानहरू भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि शुक्रबार मुल भन्सार कार्यालय वीरगंज पर्सामा पठाईएको प्रहरीले जानकारी दिए ।