बर्दिया, भदौ १४: ठाकुरबाबा नगरपालिका-१ बस्ने राम प्यारी थारु समेत गरी १० जनालाई भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ८४ हजार ६ सय ११ रुपैयाँ मूल्य बराबरका बिभिन्न आयुर्बेदिक औषधी सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले मधुवन नगरपालिका-५ बाट उक्त आयुर्बेदिक औषधी सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।