बाढीका कारण कैलालीमा ३ सय ८० बढी घर डुबानमा

रिपोर्ट नेपाल | 2022 Sep 02 | 12:52 pm 1905

कैलाली, भदौ १७ः गएराति भएको वर्षाका कारण कैलालीमा ३ सय ८० भन्दा बढी घर डुबानमा परेका छन् । विभिन्न नदीमा आएको बाढीले उक्त क्षेत्र डुबानमा परेकाे हो । सबैभन्दा बढी भजनी नगरपालिकामा डुबान भएको छ ।

काँढा, पथरैया, मोहना नदीको बाढी घरमा पसेर सो पालिकामा ३२७ जति घर डुबानमा परेको भजनी नगरपालिकाका विपद् स्रोत व्यक्ति खिम पनाडीले जानकारी दिए । उनका अनुसार वडा नम्बर ८ मा मात्रै करिब २०० घर डुबानमा परेको छ । त्यस्तै, वडा नम्बर २ मा एक सयभन्दा बढी घर र वडा नम्बर ३ मा केही घर डुबानमा परेको छ ।

घरहरूमा पानी पसेर खाद्यान्न, अन्न भिजेको जनाइएको छ । यसैगरी, कटैनी नदीको बाढी पसेर कैलारी गाउँपालिका –७ को बड्का बसन्ता, छटकपुर बसन्ता र भुईयाँफाँटा गरी ५० भन्दा बढी घर डुबानमा परेको वडा अध्यक्ष दीपेन्द्र बमले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.