भगवानपुर गाउँपालिकामा निर्माण भएकाे खानेपानीको ट्यांकी बर्सौं बर्षदेखि जिर्ण

रिपोर्ट नेपाल | 2020 Aug 26 | 08:14 pm 3415

  • महेश सिंह

सिरहा, भदौ १०ः सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ५ ईनर्वामा करिब सात बर्ष अगाडि निर्माण भएको खानेपानी ट्यांकी हालसम्म संचालनमा न आउँदा स्थानीयहरु मारमा परेका छन् ।

खानेपानीको ट्यांकी जडान भएको करिब एक दशक हुन लग्यो तर गाउँमा खानेपानीको पानी खाने आसमा बर्सौं बर्ष देखि आसमा छन् । उक्त गाउँपालिकामा स्थानीय, सर्बसाधारण जनताहरुको आवश्यकता र भावना अनुरुप शुद्ध खानेपानी आपूर्तिको लागि ४ सय ६५ फिट ओभर ट्यांकी निर्माण भएको छ ।

अशुद्ध खाने पानीको कारणले लाग्ने दर्जनौं रोगकाबाट जोगिन उक्त खानेपानीको निर्माण गरीएको हो । तर, गाउँपालिकामा खानेपानीको चरम अभाव भईरहेको छ ।

No description available.

करिब ९ करोडको लागतमा निर्माण भएको खानेपानी जिर्ण अबस्थामा रहेको छ । खानेपानी संचालन गर्न सम्बन्धित वडाहरुमा धारा पाईप समेत जडान भएको लामो समय बितिसकेको छ। सम्बन्धित खानेपानीमा आबद्ध खानेपानी प्राबिधिक टेक्निसियन बालगोबिन्द यादवले बताए ।

खानेपानी निर्माण समितिका अध्यक्षमा स्थानीय बुधे भेनिने बुधेश्वर यादव, कोषाअध्यक्षमा बेचन प्रसाद यादव हाल सोही गाउँपालिकाका अध्यक्ष समेत रहेका छन् ।

समितिका सचिबमा नेपाल कम्युनिस्ट पार्टीका युवा नेता उग्रनारायण यादव छन्।

उक्त विषयलाई लिएर गाउँपालिकामा ज्ञापन पत्र बुझाउन नेपाल सरकारको पूर्व बिभाग्य मन्त्री राजलाल यादवको पार्टीका राजनीतिदल र स्थानीय बासीहरुको एक समुहले सयौंको सहभागीतामा समाजिक दुरी कायम गरी गाउँ पालिकाको अध्यक्ष बेच्न प्रसाद यादवलाई समाजबादी पार्टीका जिल्ला सदस्य तथा युवा नेता बबलेश भन्ने बिसुनदेब मण्डले ज्ञापन पत्र बुझाए थिए ।

No description available.

ज्ञापन पत्र बुझदै अध्यक्ष यादवले भने खानेपानी संचालन गर्न म पक्षमा लागि सकेको छु। उक्त कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादवको रोहवरमा ज्ञापन पत्र बुझेका छन् ।

पत्रकार समेलनमा उक्त योजना गाउँपालिकाको होइन, यो योजना प्रदेश सरकारको भएको बताएका छन् । समयमा संचालन नभए चरणबद्ध आन्दोलन गर्ने प्रेस  बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.