भक्तपुर १५ असार : ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५ धान दिवस । आज देशै भरी असार १५ मनाइन्दैँ छ ।
धान दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरु र सरकारी उच्चपदस्थ व्यक्तिको सहभागिता रहृयो ।
साेहि दिनको अवसरमा नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले भक्तपुरको बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी भएर धान रोपाइँ गरेका हुन ।

कार्यक्रममा बोल्दै सबै मिलेर पार्टीलाई अगाडि बढाउनु पर्ने उनले बताए । सभापति देउवाले भने , ‘कांग्रेस आगामी दिनमा सबै एक भएर अगाडि बढे पुनः देशकै एक नम्बर पार्टी हुन्छ, सबैले आफ्नो गल्ती र कमीकमजोरीलाई सुर्धादै अगाडि बढ्न म आग्रह गर्दछु ।’
रोपाइँ कार्यक्रममा नेपालको सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको बताउँदै सभापति देउवाले धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको सभापति देउवाको भनाई छ ।