भक्तपुरकाे अनन्तलिङ्गेश्वर केन्द्रविन्दु भएर ३ दशमलब ४ म्याग्निच्युडको भूकम्प

रिपोर्ट नेपाल | 2020 May 21 | 09:04 am 1557

काठमाडौं, जेठ ८ः बिहीबार बिहान उपत्यकामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहान सवा ८ बजेर १४ मिनेटमा भूकम्प गएकाे हाे।

भक्तपुरकाे अनन्तलिङ्गेश्वर केन्द्रविन्दु भएर ३ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो।

भक्तपुरसँगै काठमाडौंलगायत आसपासका जिल्लाका स्थानीयले धक्का महसुस भएको जनाएका छन्।

याे भूकम्प २०७२ सालको विनाशकारी भूकम्पको पराकम्प भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.