ब्राजिलमा बाँध भत्किँदा २०० बेपत्ता, ७ जनाको मृत्यु भएकाे पुष्टि

रिपोर्ट नेपाल | 2019 Jan 26 | 04:09 pm 1950

ब्राजिल, माघ १२ :  ब्राजिलको दक्षिण पूर्वी क्षेत्रस्थित बाँध भत्किँदा त्यहाँ कार्यरत २ सय कामदार हराइरहेका छन् । ७ जनाको भने मृत्यु भएको पुष्टि भएको छ ।

हराइरहेका सबैजसो कामदारहरु पुरिएको विश्वास गरिएको छ । घटनानास्थलमा अहिले हेलिकप्टरले खोजी कार्य जारी राखेको छ ।

मिनास गेराइस राज्यको ब्रुनादिनो सहरमा यस्तो घटना भएको हो । ब्राजिलकै सबैभन्दा ठूलो ‘माइन कम्पनी’ले निर्माण कार्य गरिरहेको ठाउँमा यस्तो घटना भएको हो । कामदारहरु खाजा खाने समयमा अचानक बाँध भत्किएपछि जमिनको ठूलो क्षेत्रफल भासिएको छ ।

ब्राजिलमा यसअघि सन् २०१५ मा मिनास गेराइसमै बाँध भत्किएर ठूलो क्षति भएको थियो । अहिले भने शुक्रबार स्थानीय समय अनुसार १ बजे दिउसो यस्तो घटना भएको हो । घटनास्थलमा अहिले ठूलो बाढी नै गएको छ । हिलोबाटै पुरिएका मानिसहरुलाई हेलिकप्टरले उद्धार प्रयास गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.