ब्राजिलको फुटबल क्लबमा भएको आगलागीमा ज्यान गुमाएका १० फुटबलर

| 2019 Feb 09 | 02:07 pm 1785

रियो दि जेनेरियो: ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब ‘फ्लेमङ्गो फुटबल क्लब’ को प्रशिक्षणस्थलमा आगलागी हुँदा १० युवा खेलाडीको मृत्यु भएको छ।

शुक्रवार लागेको आगो धेरै समयपछि मात्रै नियन्त्रणमा आएको थियो। मृत्यु भएकामा १४ देखि १६ उमेर समूहका खेलाडी रहेका छन्। उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको अधिकारीहरुले बताएका छन्।

आगलागीमा परी तीन खेलाडीहरु घाइते भएका छन्। ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

एयर कन्डिसनरमा आगो लागेर आगलागी भएको एक खेलाडीले जनाएको बीबीसीले उल्लेख गरेको छ।

क्लबका अध्यक्ष रोडोल्फो लनडिमले आगलागीको घटना क्लबको इतिहासकै दुखद् घटना भन्दै दिवंगत खेलाडीहरु प्रति श्रद्धान्जली व्यक्त गरेका छन्।

ब्राजिलका फुटबल लेजेन्ड पेलेले आगलागीको घटना प्रति दुख व्यक्त गर्दै ‘फ्लेमङ्गो’ ब्राजिलका युवाहरुले सपना पुरा गर्थे स्थान रहेको बताएका छन्।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.