ब्राउन सुगरसहित १० जना युवक पक्राउ

| 2022 Jan 16 | 08:35 am 2037

सुर्खेत, माघ २ः प्रहरीले सुर्खेतबाट लागू औषध ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-१० स्थित होटल बुलबुले भ्यु टु र होटल आसपासका क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

होटलमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका -३ का ३० वर्षीय सुमन खत्री, २२ वर्षीइ कमल डाँगी र २५ वर्षीय युवराज ढकाल, वडा नम्बर-४ निवासी २३ वर्षीय रञ्जित खड्का र २४ वर्षीय सुजन शर्मा छन् ।

त्यस्तै दैलेख नारायण नगरपालिका-८ का २३ वर्षीय दीपक थापा, नारायण नगरपालिका ११ का २९ वर्षीय सागर चन्द, वडा नम्बर ८ बस्ने २३ वर्षीय क्षितिज शाही, दैलेखकै डुङ्गेश्वर गाउँपालिका-१ बस्ने २४ वर्षीय डम्बर खड्का, कालिकोट महाबै गाउँपालिका -३ का २२ वर्षीय जीवन सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ६३० मिलिग्राम ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चरेस ४ ग्राम र गाँजाको धुलो ३२ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुको विषयमा थप अनुसन्धान र कारबाही प्रक्रिया अघि वढाइएको डिएसपी घर्तीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.