बर्दिया, मंसिर २८ः ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान नगरपालिका ७ पुन्यखोलाका २७ वर्षिय बद्री थापा मगर रहेका छन् ।
बर्दिया बढैयाताल गाउँपालिका २ फुटाहा स्थित लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी जमुनी बर्दियाबाट प्रहरी टोली खटी चेकजाँच गर्ने क्रममा उनको साथबाट ३ ग्राम ७८० मिलिग्राम लागूऔषध धुलो पदार्थ सहित फेला परेको हुँदा तत्कालै पक्राउ गरिएको थियो ।
मंगलबार उनलाई बर्दिया जिल्ला अदालत गुलरियाबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले बताए ।