ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित २ पक्राउ

रिपोर्ट नेपाल | 2022 Nov 28 | 09:06 pm 1425

बर्दिया, मंसिर १२ः अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया मधुबन नगरपालिका वडा नं. ८ बस्ने गणेश चौधरी र कृष्ण थारु रहेका छन् ।

आइतबार बर्दिया बढैयाताल गाउँपालिका ७ कर्णालीपुर स्थित लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिका बर्दियाबाट संयक्त प्रहरी टोली खटीई चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ ग्राम ३९० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी तत्कालै पक्राउ गरी सोमबार सम्मानित जिल्ला अदालत गुलरियाबाट लाग्ूऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.