ब्यारेकको सम्पूर्ण संरचना उपमहानगरपालिकालाई

रिपोर्ट नेपाल | 2018 Nov 15 | 07:09 pm 2044

तुलसीपुर,कात्तिक २९  : दाँङको तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको ऐतिहासिक संक्राम ब्यारेक तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण हुने भएको छ । तत्कालिन माओवादी शान्ती प्रक्रियामा आएपछि स्थापना भएको ब्यारेकको पछिल्लो समय शसस्त्र प्रहरीले संरक्षण गर्दै आएको थियो ।

स्थानीय सरकार आएपछि त्यहाँबाट ब्यारेक विस्थापन भएर उपमहानगरपालिकालाई सम्पूर्ण संरचना हस्तान्तरण गर्ने तयारी हुँदै आएको थियो । “हामी अन्तिम तयारीमा छौ केही दिनभित्र जिम्मेवारी लिनेछौ ” कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले बताए । उनले ब्यारेकलाई संग्रहालयका रुपमा विकसित गर्नुका साथै बृहत प्रकृतिको योजना निर्माणको लक्ष्य उपमहानगरले वनाएको जानकारी दिए ।

अाज बिहिवार ब्यारेकको अवलोकन गर्दै प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि व्यारेक निकै उपयोगी भएको वताए । २० विगाहा बढी क्षेत्रफलमा फैलिएको ब्यारेकमा अहिले ६१ वटा विभिन्न खालका घर, १८ वटा शौचालय, ४ वटा पानी ट्याँकी लगायतका भौतिक संरचना रहेका छन् ।

ब्यारेक हस्तान्तरण भएपछि उपमहानगरपालिकाले स्थानीय जनतासँग सहकार्य गरेर बृहत प्रकृतिको योजना निर्माण गर्ने पनि डाँगीले बताए । उनले ऐतिहासिक घटनासँग जोडिएको ब्यारेक संरक्षणका लागि सबैले चासो दिनुपर्ने पनि बताए । सो ब्यारेकको अबलोकन उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीको नेतृत्वमा गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.