बोक्सीको आरोपमा आफ्नै आमाको हत्या गर्ने पक्राउ

| 2020 Nov 01 | 01:53 pm 2977

सिरहा, कात्तिक १६ः बोक्सीको आरोप लगाउँदै आफ्नै आमाको हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा हत्या भएकी कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहकी कान्छो छोरा रामअवतार साह रहेका छन् ।

उनले आफ्नै आमालाई बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरेका थिए । रामअवतारकी बुहारी मनिषाको खुट्टामा घाउ भएको लामो समयसम्म पनि निको नभएपछि उनले आफ्नै आमामाथि बोक्सीको आरोप लगाएका थिए । आमालाई  उनले बाेक्सीकाे आरोप लगाउँदै निर्घात कुटपिट गरेका थिए ।

छाेराको कुटपिटबाट गम्भीर घाइते सुदामालाई प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर, उनको घाँटीको हड्डी नै बाँगिएका कारण उपचार सम्भव नभएपछि उनलाई घर फर्काइएको थियो ।

सुदामाको स्वास्थ्यमा थप समस्या देखिएपछि फेरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आमामाथि निर्घात कुटपिट गरी हत्या गर्ने रामअवतारलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिएकाे  प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.