बैदामका डिएसपीको सरुवा इन्सपेक्टर निलम्बीत

| 2023 Sep 27 | 05:40 pm 3429

काठमाडौं, असोज १० । मणीपाल अस्पताल प्रकरणमा कमजोर कमाण्ड भएको ठहर गर्दै गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत  डीएसपी वेद जोशीलाई सरुवा गरेको छ ।

डीएसपी जोशीलाई प्रहरी प्रधान कार्यालयमा तानिए पछि त्यहाको कमाण्ड गर्न अर्का डिएसपी राजेन्द्र श्रेष्ठलाई खटाइएको छ ।

यस्तै, सोही घटनामा सुरक्षाका लागि खटिएका इन्स्पेक्टर मदन श्रेष्ठले सगाैरवका साथ डाक्टर कुटेर आँए भन्दै मृतकका आफन्तसँग भनेको भिडियो क्लीप सामाजिक संजालमा भाइरल भएपछि अनुसन्धानका लागि श्रेष्ठलाई निलम्बन गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.