बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते

रिपोर्ट नेपाल | 2020 Oct 09 | 01:43 pm 2799

बैतडी, असाेज २३: शुक्रबार बिहान बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। से १ ज ८८८ नम्बरको जिप पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गर्दा  दुर्घटना हुँदा १० जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

घाइतेहरुलाई आम्चोरा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बताइएकाे छ ।

जिप सडकबाट करिब ५० मिटर तल खसेको र घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.