बैतडीको दशरथचन्दको शिक्षा शाखामा तालाबन्दी

| 2022 Sep 24 | 02:18 pm 1353

बैतडी, असाेज ८ः जिल्लाको दशरथचन्द नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ। बढेको तलब नपाएको भन्दै बालविकास सहजकर्ताहरुले शिक्षा शाखामा तालाबन्दी गरेका हुन्।

बढेको तलब नदिएपछि तालाबन्दी गर्न बाध्य भएको बालविकास सहजकर्ताहरुले बताएका छन्। गएको वर्ष बढेको तलब नपाएकोमा यो वर्ष पनि नगरपालिकाले तलब दिन आनाकानी गरेपछि तालाबन्दी गरेको बालविकास सहजकर्ता मञ्जु भट्टले बताइन्।

माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने उनीहरुले चेतावनी दिएका छन्। गत वर्ष नै नगरपालिकाले संघीय सरकारले दिएको तलबमा ७ हजार थप गर्ने निर्णय गरेको भए पनि अहिलेको नगरपालिकाले त्यो सुविधा समेत कटौती गरेकोले आन्दोलन गरिएको बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन्।

दशरथचन्द नगरपालिकाभित्र ७१ जना बालविकास सहजकर्ता रहेका छन्। आफूहरुका मागका विषयमा नगर सरकारले सुन्नै नचाहेको बालविकास सहजकर्ताहरुले बताएका छन्। माग पूरा नभए आइतबारदेखि नगरपालिकामा समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.