बैठकमा सहभागी हुन गएकी वडासदस्य नेपालीकाे लडेर मृत्यु

रिपोर्ट नेपाल | 2021 Jun 23 | 10:16 am 3581

जाजरकाेट, असार ९ः भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ ।

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् । घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.