बैकिङ कसुरमा संलग्न फरार साह पक्राउ

| 2020 Nov 09 | 06:30 pm 2622

काठमाडौं, कात्तिक २४ः बैंकिङ कसुरमा संलग्न रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी वलान बिहुल गाउँपालिका ५ रामनगरका ३२ वर्षीय सुर्यप्रसाद साह रहेका छन् ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजमा MBBSअध्ययन गर्दा लाग्ने नेपाल सरकारले तोकेको रकम मध्ये प्रथम किस्ता वापतको रकम १३ लाख ४१ हजार रुपैयाँ काठमाडौं विश्वविद्यालयको नेपाल इन्भेष्टमेन्ट बैंक वनेपा, काभ्रेपलाञ्चोकमा रहेको खातामा जम्मा गर्नु पर्नेमा साहले महालक्ष्मी बिकास बैंक बानेश्वर शाखाको चेक नं V0094005193 को चेक भुक्तानीको लागि काठमाण्डौं बिश्वबिद्यालयको खाता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. बनेपा शाखामा दिएको थियो ।

उक्त चेकको खातामा प्रयाप्त रकम मौज्दात नभएको भनि बैंकबाट चेक वाउन्स भएको भनि फिर्ता भएकोले काठमाडौं विश्वविद्यालयले उक्त चेक बाउन्स भएको सम्बन्धमा बैंकिङ कसूर शिर्षकमा जिल्ला प्रहरी कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा जाहेरी दरखास्त दिई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलमा बैंकिङ कसूर मुद्दा दर्ता भएको थियो ।

फरार रहेका अभियुक्त साहलाई पक्राउ गरी दाखिला गरिदिन जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट पत्र अनुरोध भए बमोजिम निम्न अभियुक्तलाई सोमबार कामनपा १० बानेश्वर स्थित भेनस अस्पताल अगाडीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा पठाईएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.