बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2023 May 12 | 08:12 am 1789

बैकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका वडा नं.०४ स्थायी घर भई हाल भक्तपुर ठिमी वडा नं.०४ बस्ने वर्ष ४६ की भावना श्रेष्ठ रहेकी छन् ।

सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७८।०७।२२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा रू.२५ लाख नब्बे हजार जरिवाना र ५ दिन कैद सजाय तोकीएकाे थियाे । फरार रहेका श्रेष्ठलाई प्रहरीकाे बिशेष टोलीले मिति २०८०।०१।२७ गते भक्तपुर ठिमीबाट पक्राउ मिति
२०८०।०१।२८ गते सम्मानित जिल्ला अदालत भक्तपुर उपस्थित गराईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.