बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2021 Aug 11 | 04:03 pm 2401

काठमाडौँ साउन २७: नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकिङ् कसुरमा अर्घाखाँची शितगंगा न पा वडा नं ५ घर भई हाल काठमाडौं चन्द्रागिरी बस्ने वर्ष ३५ को कासीराम भुसाललाई पक्राउ गरेको छ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आई एमई बैकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट मिति २०७७।१०।०४ गते निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा

सजायमा पन्ध्र दिन कैद र रू पचास लाख जरिवाना ठहर भएकोमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले प्रतिबादीलाई चन्द्रागिरी,काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्युरोले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.