बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

| 2021 Jul 19 | 05:01 pm 2421

काठमाडाैं, साउन ४ः बैंकिङ् कसूर मुद्दाका दुई फरार अभियुक्तलाई ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं  टोखा न.पा. वडा नं.२ बस्ने ४८ बर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका वडा नं.२२ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१३ बस्ने ६३ बर्षीय देव नारायण महर्जन रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दाहरुमा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका तपसिलमा उल्लेखित दुई जना अभियुक्तहरुलाई बिभिन्न स्थानहरुबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको बताइएकाे छ ।

उक्त अभियुक्तहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका बिभिन्न रकमका चेकहरु काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट बिभिन्न मितिमा उनीहरुको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम निम्न उल्लेखित सजाय हुने गरी फैसला भएको ब्यूराेले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.