बैंकिङ् कसूर मुद्दाका पटके फरार अभियुक्त पक्राउ

| 2021 Jul 29 | 04:46 pm 1781

काठमाडाैं, साउन १४ः बैंकिङ् कसूर मुद्दाका पटके एक फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं साविक आलपोट गा.वि.स.वडा नं.४ हाल परिवर्तित मनोहरा न.पा.वडा नं.२ का ४६ वर्षीय राम खड्का रहेका छन् ।

यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट ९ दिन कैद र ९ लाख जरिवाना  ठहर भई फरार रहेको अवस्थामा खड्कालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूराेले बताएकाे छ ।

अभियुक्तले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी एनआईसी एसिया बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट मिति २०७८।०१।१४ गते अभियुक्तको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा निम्न अनुसार सजाय हुने गरी फैसला भएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.