काठमाडाैं, माघ १३ः सुभ कुमारी मगरको जाहेरीले बैंकिङ् कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७६ मंसिर २३ गतेको फैसलाले पश्चात फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ५ का ३८ वर्षीय कृष्णलाल ढोला रहेका छन् । उनलाई ९ दिन कैद र र १० लाख रुपैंया जरिवाना हुने ठहर भएकोमा उल्लेखित सजाय वेरुजू रही फरार रहेका अभियक्तलाई २०७७ माघ ११ गते अनामनगर, काठमाडाैंबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेकाे हाे ।
पक्राउ परेका ढाेलालाई फैसला कार्यान्वयनको लागि हिजाे साेमबार सम्मानित भक्तपुर जिल्ला अदालतमा पेश गरिएको बताइएकाे छ।
ढोलाले आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानि जानि जाहेरवालालाई झुक्यानमा पारी ज्योति विकाश बैंक ललितपुर शाखाको चेक काटि दिएकोमा बैंकबाट खातामा पर्याप्त मौज्दात रकम नभएको हुनाले कुनै भुक्तानी नभई बैकिङ्
कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।