बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2022 Jul 13 | 08:06 pm 1517

काठमाडौं, असार २९ः बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर दधिकोट बस्ने सिन्धुपाल्चोक लिसङ्खु पाखर गाँउपालिका-६  घर भएका ३० वर्षीय सिताराम भण्डारीलाई  प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको गत जेठ १० गतेको फैसलाले ५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर दधिकोटबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णश्वर नगरपालिका-६ बस्ने धनकुटा पाख्रिबास घर भएका सुन मुन्द्रे भनिने ४८ वर्षीय सुवास घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीमा फोहोरको अनुगमन गर्न आएका बागमती सभ्यता एकीकृत बिकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई फोहोरको बिषयलाई लिएर विवाद गरी ठेकेदार घिसिङले एक्कासी टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएको सूचना प्राप्त हुनासाथ प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.