बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 26 | 08:06 pm 1936

ललितपुर, मंसिर १०:  बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई मंगलबार प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका इमाडोलका ४२ वर्षीय पञ्च महर्जन रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिए ।

उच्च अदालत पाटनको २०७६ असार ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा तीन लाख ५० हजार जरिवाना र १० दिन कैद सजाय तोकिएका महर्जन फरार थिए ।

पक्राउपछि महर्जनलाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.